एजेन्सी । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीमाथि करोडौँ रुपैयाँ भ्रष्टाचारको आरोप लागेको छ । सत्ता हातमा लिएको त्यहाँको सेनाले सुकीले सुन र ६ लाख अमेरिकी डलर (६ करोडभन्दा बढी) भ्रष्टाचार गरेको आरोप लगाएको छ ।
बिहीबार पत्रकार सम्मेलन गर्दै म्यानमारका ब्रिगेडियर जनरल जा मिन तुनले नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) को सरकारमा रहँदा सुकीले अवैध तरिकाले सो रकम अपचलन गरेको बताएको छ । अहिले नजरबन्दमा रहेकी सुकीले उक्त कुरा स्वीकार गरेको सेनाको दाबी छ ।
सुकीमाथि रेडियो उपकरण राखेको, कोभिड नियन्त्रणका लगाइएका प्रतिबन्धात्मक नियमहरू भङ्ग गरेको तथा नागरिकमा डरत्रास फैलाएको आरोप पनि सेनाले लगाएको छ ।
प्रतिक्रिया