ताजा समाचार


पर्सा राष्ट्रिय निकुञ्जमा ५५ किलोमिटरको साइकल यात्रा सम्पन्न 

द रियल समाचार     २०७७ फाल्गुन २७, बिहीबार, १७: ५६ मा प्रकाशित




पर्सा । पर्सा राष्ट्रिय निकुञ्जमा पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यका साथ सेना दिवस एवं महाशिवरात्रीको अवसर पारेर ५५ किलोमिटरको साईकल यात्रा सम्पन्न भएको छ ।

सात बर्षिय बालकदेखि ६५ बर्षिय बृद्धसम्म सहभागी साईकल यात्राको समापन गर्दै मुख्यमन्त्री लालबाबु राउतले यस्ता आयोजनहरु प्रदेशको पर्यटन प्रबर्द्धनमा कोशेढुङ्गा साबित हुने विश्वास व्यक्त गरे ।

प्रदेशको प्राकृतिक पर्यटकिय गन्तव्यको रुपमा पर्सा राष्ट्रिय निकुञ्जलाई विकास गर्न प्रदेश सरकार प्रयत्नशील रहेको समेत उनले बताए ।

मुख्यमन्त्री राउतले ५५ किलोमिटरको साईकल यात्रामा सहभागी सप्तरीका सात बर्षिय बालक राहुल चौधरीलाई प्रदेश सरकारको तर्फबाट ५१ हजार नगद पुरस्कार दिने घोषणा समेत गरे ।

समापन कार्यक्रममा उद्योग , पर्यटन , वन तथा वातावरण मन्त्रालयका सचिव रामचन्द्र कँडेलले प्रदेशको पर्यटकीय सम्भावना र वन्यजन्तुको संरक्षण सम्बन्धमा प्रदेश सरकारको नीति बारे धारणा राखेेेका थिए ।

कार्यक्रममा प्रदेशसभा सदस्य शोभा लामा, संविधानसभा सदस्य मधु शाही लगायतको उपस्थिति रहेको थियो ।

५५ किलोमिटरको साईकल यात्रामा नेपाली सेना र सशस्त्र प्रहरीका पूर्व प्रमुखहरू, सप्तरीका सात बर्षिय बालक राहुल चौधरी सहित १८७ जनाको सहभागिता रहेको थियो ।

स्वच्छ देश, स्वस्थ मधेश नाराका साथ प्रदेश सरकार , नेपाली सेना, पर्सा राष्ट्रिय निकुञ्ज लगायतको सङ्घ संस्था ले सन्युक्त रुपमा उक्त साईकल यात्राको आयोजना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top