ताजा समाचार


कलैया उपमहानगरपालिका–८ का वडाध्यक्ष यादवको उपचारको क्रममा निधन

द रियल समाचार     २०७७ फाल्गुन २७, बिहीबार, १७: २४ मा प्रकाशित




बारा । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर–८ का वडाध्यक्ष विक्रम यादवको उपचारको क्रममा निधन भएको छ ।

वडाध्यक्ष यादवको बिहीबार बिहान काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो । एक सातादेखि लिभर सिरोसिसको उपचार गराइरहेका उनको बिहान करिव १० बजेको समयमा निधन भएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

विगत पाँच महिनादेखि उपचार गराईरहेका उनी स्वास्थ्यमा थप समस्या भएपछि एक सातादेखि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।
उपचारको क्रममा वडाध्यक्ष यादवको आज बिहान निधन भएको कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादवले जानकारी दिए ।

यादव स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । यादवका चारजना छोरा र तीनजना छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top