एजेन्सी । दक्षिण कोरियामा कोरोना संक्रमणको केस बढ्न थालेपछि कडाइ गर्न थालिएको छ ।
दक्षिण कोरियाको ख्याङ्गिदो प्रान्तमा बसोबास गर्ने सबै विदेशीलाई त्यहाँको स्थानीय सरकारले अनिवार्यरूपमा कोरोना परीक्षण गर्नुपर्ने निर्देशन दिएको छ । स्थानीय प्रशासनले यही मार्च २२ तारिखभित्र त्यहाँ रहेका सम्पूर्ण विदेशीलाई अनिवार्य परीक्षण गर्न निर्देशन दिएको छ ।
स्थानीय प्रशासनको निर्देशन नमानी उक्त अवधिमा परीक्षण नगरे २० देखि ३० लाख कोरियन वनसम्म जरिवाना तिर्नुपर्ने नियम स्थानीय प्रशासनले बनाएको छ ।
पछिल्लो समय ख्याङ्गिदो प्रान्तका केही कम्पनीमा कार्यरत विदेशी कामदारमा ठूलो संख्यामा कोरानो संक्रमण देखिन थालेपछि स्थानीय सरकारले यस्तो नियाम बनाएको हो।
स्थानीय सरकारले कोरोना परीक्षणका लागि विदेशी काम गर्ने कम्पनीमा सम्पर्क गर्ने, विभिन्न माध्यमबाट सूचना दिनेलगायतका कार्य गरेर जानकारी दिएको छ ।
कोरियामा रहेका वैधानिक तथा अवैधानिक सबै कामदारलाई कोरोना परीक्षण अनिवार्य गरिएको छ । ख्याङ्गिदो प्रान्तमा २५ हजार रोजगारदाताले विदेशी कामदार राखेको अनुमान गरिन्छ ।
प्रतिक्रिया