ताजा समाचार


सरकारमा सहभागिता बारे निर्णय गर्न जसपाको बैठक

द रियल समाचार     २०७७ फाल्गुन २७, बिहीबार, १३: २८ मा प्रकाशित




काठमाण्डौ । जनता समाजवादी पार्टीको सचिवालय बैठक आज बसिरहेको छ ।

बालकुमारीस्थित पार्टी कार्यालयमा बसिरहेको बैठकले सरकारमा जाने विषयमा छलफल हुने स्रोतले जनाएको छ ।

यसअघि बुधबार बसेको जसपाको पदाधिकारी बैठकले सरकारमा सहभागी हुने विषयमा कुनै निर्णय गर्न सकेको थिएन ।

संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव तथा वरिष्ठ नेताहरू अशोक राई एवं राजेन्द्र महतो लगायतका नेताहरु बैठकमा सहभागी छन्।

सर्वाेच्च अदालतले संसद विघटनको निर्णय बदर एवं नेकपालाई एमाले र माओवादी केन्द्र नै रहने फैसला गरेपछि सत्ता समीकरणका लागि नयाँ कोर्ष सुरु भएको हो।

माओवादी केन्द्रले केपी ओलीलाई दिएको समर्थन फिर्ता लिएर कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर सत्ता सहकार्य गर्न प्रस्ताव राखिरहेको छ ।

ओलीले पनि जसपाको एक पक्षलाई आफ्नो समर्थनमा ल्याएर सरकार टिकाइराख्ने रणनीति लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top