पर्सा । उपप्रधानमन्त्री तथा नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले निर्वाचनका लागि तयार रहन आफ्ना नेता कार्यकर्ताहरुसँग आग्रह गरेका छन् ।
बिहीबार प्रेस सेन्टर पर्साले वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले अहिलेको राजनीतिक अवस्था र संसदमा देखिएको विथिती रोक्नका लागि एकमात्र विकल्प निर्वाचन नै भएको दावी गरेका हुन् ।
दलहरुबीच सहकार्यको स्थिति नभए त्यसको विकल्प निर्वाचन नै भएको उनले बताए । उपप्रधानमन्त्री पोखरेलले सर्वोच्च अदालतको फैसलाबाट उत्पन्न वर्तमान परिस्थितिको सामना गर्दै एमाले र माओवादी केन्द्रबीच पुनः नयाँ ढंगले एकता गर्नुपर्ने जिकिर समेत गरे ।
प्रतिक्रिया