काठमाण्डौ । सिमेन्ट बोकेको ट्रक त्रिशुली नदीमा खस्दा २ जना घाइते भएका छन् ।
चितवनको चुम्लिङटारस्थित पृथ्वी राजमार्गबाट ट्रक त्रिशुलीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार सुनवलबाट काठमाडौँतर्फ आउँदे गरेको लु२ख २७६ नम्बरको ट्रक इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा अनियन्त्रित भई सडकबाट १०० मिटर तल त्रिशूली नदीमा खसेको हो । ट्रक सिमेन्ट बोकेर काठमाडौं आउँदै थियो । गएराति करिब २ बजेतिर दुर्घटना भएको हो ।
दुर्घटनामा परी घाइते हुनेहरुमा ट्रकका चालक नवलपरासी सुनवलका २८ वर्षीय दीपक मगर र सहचालक १७ वर्षीय सुदीप विक रहेका छन् ।
उनीहरुमध्ये चालक मगरको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।
घाइते दुवैको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
प्रतिक्रिया