ताजा समाचार


उत्तराखण्डका नयाँ मुख्यमन्त्री तीरथ सिंह रावत

द रियल समाचार     २०७७ फाल्गुन २६, बुधबार, २३: ३३ मा प्रकाशित




एजेन्सी । भारतको उत्तराखण्ड राज्यका नयाँ मुख्यमन्त्री तीरथ सिंह रावत बनेका छन् ।

भारतीय जनता पार्टीको तर्फबाट सांसद बनेका रावतले बुधबार मुख्यमन्त्रीको शपथ लिएका छन् । मंगलबार त्रिवेन्द्र सिंह रावतले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । मंगलबार मुख्यमन्त्रीको राजीनामा आएसँगै भाजपाले तीरथ सिंह रावतलाई मुख्यमन्त्रीको रुपमा चयन गरेको हो ।

उत्तराखण्डमा भाजपाको बहुमत छ तर भाजपाकै मुख्यमन्त्रीलाई पार्टीले फिर्ता बोलाएको हो । भारतीय समाचार एजेन्सी एएनआईका अनुसार तीरथ सिंह रावतले मुख्यमन्त्रीमा आफ्नो नाम घोषणा भएसँगै भनेका थिए, ‘म प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र पार्टी प्रमुखप्रति आभारी छु, जसले मलाई भरोसा गरे । सानो गाउँको पार्टीको कार्यकर्तालाई यति ठूलो जिम्मेवारी दिइएको छ । मैले यो पद पाउँछु भनेर कल्पनासम्म पनि गरेको थिइनँ । म मानिसहरुले ममाथि गरेको भरोशा पूरा गर्ने प्रयास गर्नेछु र पछिल्ला चार वर्षमा भएका कामलाई गति दिनेछु ।’

सन् २००० मा गठन भएको उत्तराखण्डमा अहिलेसम्म आठजना मुख्यमन्त्री बनिसकेका छन् । तीरथ सिंह रावत गृहमन्त्री अमित शाहको निकटका नेता मानिन्छन् ।

तस्बिरहरु : एएनआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top