ताजा समाचार


जनकपुरबाट डेढ लाख घुससहित कर अधिकृत र बिचौलिया पक्राउ

द रियल समाचार     २०७७ फाल्गुन २६, बुधबार, २१: ५८ मा प्रकाशित




जनकपुरधाम । जनकपुरबाट १ लाख ५० हजार रुपैयाँ घुससहित एकजना सरकारी कर्मचारी र एकजना बिचौलियालाई अख्तियारको टोलीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा आन्तरिक राजश्व कार्यालय जनकपुरका कर अधिकृत रमेश ढकाल र जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-७ घर भएका बिचौलिया नविनलाल कर्ण रहेको बताइएको छ ।

उनीहरुलाई आज साँझ जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–७ स्थित एक होटेलबाट पक्राउ गरिएको हो ।

एकजना सेवाग्राहीको काम गरिदिने प्रयोजनका लागि उनलाई होटेलमा बोलाएर घुस लिइरहेको अवस्थामा अख्तियारको टोलीले दुबैजनालाई रंगेहात पक्राउ गरेको हो ।

सेवाग्राहीसंग लिँदै गरेको सो रकमसहित अधिकृत ढकाल र बिचौलिया कर्णलाई नियन्त्रणमा लिइएको अख्तियारका एक अधिकारीले बताए ।

पक्राउ परेका उनीहरु दुबैजनाको मुचुल्का तयार गरि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालय लगिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top