ताजा समाचार


झा दम्पतीको अवस्था सार्वजनिक गर्नुपर्ने माग गर्दै जनकचोकमा रिले अनसन

द रियल समाचार     २०७७ फाल्गुन २६, बुधबार, १९: ४० मा प्रकाशित




जनकपुरधाम । महोत्तरीबाट बेपत्ता भएका झा दम्पतीको अवस्था तुरन्त सार्वजनिक गर्नुपर्ने माग गर्दै आजदेखि जनकपुरधामको जनकचोकमा अनिश्चितकालीन रिले अनसन सुरु गरिएको छ ।

रिले अनसनमा सहभागीहरुले महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर–५ स्थित सहोडवाबाट फागुन ११ गते राती घरबाटै बेपत्ता भएका ६५ वर्षीय मुसाफिर झा र ६० वर्षीया गीतादेबी झाको अवस्था तुरन्त सार्वजनिक गर्नुपर्ने माग गरेका छन् । उनीहरुले घरबाटै बेपत्ता पारिएका झा दम्पत्तीको अवस्था १६ दिन बितेपनि अज्ञात हुनु प्रहरी प्रशासनमाथि गम्भीर सवाल रहेको बताएका छन् ।

मधेश जन विद्रोह २०६३ का अगुवा दीपक कुमार झा, जिउँदो सहीद दिनेश पूर्वे, शिक्षक अगुवा अरविन्द यादव, प्रजातान्त्रिक आन्दोलनका जिउँदो सहिद ललन चौधरी, साझा विवेकशील पार्टीका केन्द्रिय नेता मुरली मनोहर मिश्र, नेपाली जनता पार्टीका केन्द्रिय नेता धीरेन्द्र झा मैथिल र जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–३ का वडाध्यक्ष दीपेन्द्र साह, पूर्व प्रमुख जिल्ला अधिकारी जीवछ मिश्रलगायतकाहरूले अनसनमा एक्यबद्धता जनाएका छन् ।

यसअघि हिजो पनि धनुषा र महोत्तरीका विभिन्न ४१ वटा संघसंस्थाले झा दम्पत्तीको अवस्था तुरन्त सार्वजनिक गर्नुपर्ने माग गर्दै जलेश्वरमा समेत विरोध प्रदर्शन गरेका थिए ।

झा दम्पती फागुन ११ गते सोमबार राति घरमै सुतिरहेको ओछ्यान सहित बेपत्ता भएका थिए । उक्त घटनामा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिई सोधपुछ जारी राखेको छ । बेपत्ता दम्पतीका छिमेकीसमेत रहेका जग्गा व्यवसायी रामबाबु यादव, भारतीय नागरिक हरेन्द्र ठाकुरसहित ४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top