ताजा समाचार


प्रदेश २ : पाँच जिल्ला कोरोनामुक्त

द रियल समाचार     २०७७ फाल्गुन २६, बुधबार, १८: ५९ मा प्रकाशित




जनकपुरधाम । प्रदेश नम्बर २ को पाँच जिल्ला कोरोनामुक्त भएका छन् । कुनै समय कोरोनाको हटस्पट बनेको प्रदेश २ मा पछिल्लो समय कोरोना संक्रमितको संख्या घटेसँगै यहाँको पाँच जिल्ला कोरोना मुक्त भएको हो ।

यस प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाही जिल्ला कोरोनामुक्त भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजय कुमार झाले जानकारी दिएका छन् । त्यस्तै यस प्रदेशमा हाल १० जना सक्रिय संक्रमित रहेका छन् । बारा र पर्सामा ४/४ जना कोरोनाको सक्रिय संक्रमित रहेका छन् भने रौतहटमा २ जना संक्रमित रहेका छन् । उनीहरु सबै होम आइसोलेशनमा रहेका छन् ।

यस प्रदेशमा १७ हजार २ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै कोरोना संक्रमणबाट अहिलेसम्म यस प्रदेशमा ४० महिला र १ सय ६९ पुरुष गरि २ सय ९ जनाको मृत्यु भइसकेको निर्देशनालयले जनाएको छ । अहिलेसम्म पर्सामा ५१, सप्तरीमा ४१, सिरहामा २५, धनुषामा २५, बारामा २४, महोत्तरीमा १८, सर्लाहीमा १४, रौतहटमा १० र एकजना भारतीयको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार यस प्रदेशमा आजसम्म ४ हजार ७ सय ५० बेड क्षमताको ९० वटा क्वारेन्टाइन र ८ सय ७७ बेड क्षमताको आइसोलेसन खाली रहेका छन् । सप्तरी जिल्लाको ३ सय ८५ बेड क्षमताको १९ वटा, सिरहाको १ सय ८५ बेड क्षमताको ८ वटा, धनुषाको ३५ बेड क्षमताको एउटा, महोत्तरीको ५० बेड क्षमताको एउटा, सर्लाहीको ४ सय २२ बेड क्षमताको ३ वटा, रौतहटको १ हजार १ सय ९० बेड क्षमताको २३ वटा, बाराको १ हजार २ सय २८ बेड क्षमताको १६ वटा र पर्साको १ हजार २ सय ५५ बेड क्षमताको १९ वटा क्वारेन्टाइनहरु खाली छन् ।

त्यस्तै सप्तरीमा रहेको २ सय ५०, सिरहामा १ सय, धनुषामा ४२, रौतहटमा ८४, बारामा रहेको १५ र पर्सामा ३ सय ८६ बेक्ष क्षमताका सबै आइसोलेसनहरु खाली रहेका छन् भने महोत्तरी र सर्लाहीमा अहिले आइसोलेसन सेन्टर नै छैन । यस प्रदेशमा सिरहामा २६ र महोत्तरीमा ३५ जना गरि जम्मा ६१ जना व्यक्तिहरु होम क्वारेन्टाइनमा छन् भने रौतहटमा २, बारामा ४ र पर्सामा ४ गरि १० जना होम आईसोलेसनमा रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।

प्रदेशभरीमा बुधबारसम्म सप्तरीमा २१ हजार २ सय १३, सिरहामा १२ हजार ४ सय ५८, धनुषामा २१ हजार ३ सय ८३, महोत्तरीमा ८ हजार ८ सय ८०, सर्लाहीमा १४ हजार ४ सय ९५, रौतहटमा २४ हजार ३ सय २२, बारामा १२ हजार ५ सय २३ र पर्सामा ३१ हजार ३७ गरि जम्मा १ लाख ४६ हजार ३ सय ३४ जनाको स्वाब परीक्षण गरिएकोमा १७ हजार २ सय २ जना संक्रमित भएका छन् भने १ लाख २९ हजार ७८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । त्यस्तै सप्तरीमा ९, धनुषामा २३ र पर्सामा २२ गरि कुल ५४ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस प्रदेशमा आज धनुषामा २३ र पर्सामा २२ गरि कुल ५४ जनाको स्वाब संकलन गरिएको छ ।

प्रदेश २ मा अहिलेसम्ममा सबैभन्दा बढी पर्सा जिल्लामा ३ हजार २ सय ८८ जना संक्रमित भइसकेका छन् । धनुषामा २ हजार ६ सय ६६, रौतहटमा २ हजार १ सय ७२, सर्लाहीमा २ हजार ४७, सप्तरीमा १ हजार ८ सय ३२, महोत्तरीमा १ हजार ८ सय २६, बारामा १ हजार ७ सय १३ र सिरहामा १ हजार ६ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये १६ हजार ९ सय ८३ जना निको भई आ–आफ्नो घर फर्किसकेका छन् । जसमध्ये १४ हजार २४ पुरुष र २ हजार ९ सय ५९ महिला रहेका छन् ।

प्रदेश २ मा सक्रिय संक्रमितको संख्या १० रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट अहिलेसम्म यस प्रदेशमा ४० महिला र १ सय ६९ पुरुष गरि २ सय ९ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म पर्सामा ५१, सप्तरीमा ४१, सिरहामा २५, धनुषामा २५, बारामा २४, महोत्तरीमा १८, सर्लाहीमा १४, रौतहटमा १० र एकजना भारतीयको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।

आज यस प्रदेशमा १३८ जनाको कोरोना परिक्षण गर्दा एकजना पनि संक्रमित फेला परेका छैनन् । आज ८ जना पुरुष निको भएर आ–आफ्नो घर फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top