जनकपुरधाम । प्रदेश नम्बर २ मा नेकपा माओवादी केन्द्रका पाँच जना प्रदेशसभा सदस्यहरुले विद्रोह गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।
नेकपाका प्रदेशसभा सदस्यहरु रामचन्द्र मण्डल, ज्वालाकुमारी साह, कुन्दन कुशवाहा, दिलिप साह र मोहम्मद समिर माओवादी केन्द्र परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गर्ने स्रोतले जनाएको छ ।
यस सम्बन्धमा नेकपा माओवादी केन्द्रका नेता रामचन्द्र मण्डलले यो छलफलको विषयवस्तु रहेकोले यसमा अहिले नै केही भन्नुपर्ने आवश्यकता नरहेको बताए । उनले बिद्रोह गरेका आफू लगायत पार्टीका नेताहरु ज्वालाकुमारी साह, कुन्दन कुशवाहा, दिलिप साह र मोहम्मद समिरबिच छलफल भएपछि मात्र केही बोल्ने बताए ।
उनले भने,‘राजनीति एकल विचारबाट गर्ने कुरा होईन् । हामी सबैजना मिलेर सामूहिक निर्णय गरेका थियौं । पार्टी भित्र बस्ने की छोड्ने भन्ने सवालमा हामीहरु एकजुट भएर छलफल गरेपछि निष्कर्ष निकाल्छौं ।’
नेता मण्डलले राजनीति सम्मानका लागि गर्ने भएकाले माओवादी केन्द्र अथवा एमाले भित्र आफूहरुलाई अपहेलित भएर बस्नुपर्ने अवस्था समेत नरहेको बताए । उनले यस सम्बन्धमा आफूहरुले अहिलेसम्म कुनै निर्णय नगरेको बताए ।
प्रतिक्रिया