ताजा समाचार


मुस्कान खातुन मुस्लिम आयोगको विशेष वक्ता

द रियल समाचार     २०७७ फाल्गुन २६, बुधबार, १७: ०४ मा प्रकाशित




काठमाण्डौ । मुस्लिम आयोगले पर्साकी एसिड पीडित मुस्कान खातुनलाई विशेष वक्ताको रुपमा राख्ने भएको छ ।

आयोगले आयोजना गर्ने सबै प्रकारका औपचारिक कार्यक्रममा मुस्कानलाई विशेष वक्ताको रुपमा प्रस्तुत गर्ने भएको हो । बुधबार आयोग कार्यालयमा एसिड पीडित खातुनलाई अध्यक्ष समिम मिया अन्सारीले सम्मान गरेका हुन् ।

सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष अन्सारीले एसिडविरुद्धको अभियानमा मुस्कानको भूमिका महत्वपूर्ण हुने भएकोले विशेष स्थान दिन लागिएको बताए । एसिडले जलेको घाउलाई शक्तिमा बदलेर समाजमा उभिन सक्नु ठूलो साहशको काम भएकोले आयोगले सम्मान गरेको अध्यक्ष अन्सारीले बताए ।

यस्तै सम्मानित खातुनले सबैको सहयोग र सद्भावले आफूले पीडालाई शक्तिमा बदल्न सकेको जानकारी दिइन् । आफूले एसिड बिरुद्ध जनचेतना जगाउन काममा सधै लाग्ने पनि बताइन् ।

केहि दिनअघि अमेरिकी सरकारले जलेको घाउ लिएर समाजमा क्रियाशिल भएर कार्य गरिरहेको भनेर सम्मान गरेको थियो । यस्तै नेपाल सरकारले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विशेष सम्मान पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top