रौतहट । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले रौतहटस्थित ग्राण्डी हस्पिटल एण्ड आँखा अस्पताल गरुडाको उदघाटन गरेका छन् ।
निजि क्षेत्रबाट सञ्चालनमा ल्याईएको सुबिधा सम्पन्न उक्त अस्पतालको उदघाटन गर्दै मुख्यमन्त्री राउतले रौतहटको मध्यभागमा सञ्चालनमा आएको अस्पतालले बिरामीहरुलाई भरपर्दो सेवा दिने बिश्वास व्यक्त गरे ।
स्वास्थ्य क्षेत्रमा पछाडी परेको प्रदेश २ मा स्वास्थ्य संस्थाहरुमा आमूल परिवर्तनको आवश्यकता रहेकोे बताउँदै मुख्यमन्त्री राउतले प्रदेश सरकार त्यस दिशामा अगाडी बढिसकेको दाबी गरे । प्रदेश सरकारले सरकारी अस्पतालहरुको स्तरोन्नतिका लागि करोडौं रुपैया उपलब्ध गराए पनि अस्पतालहरु रकम खर्च गर्न नसक्नु दुर्भाग्यपूर्ण रहेको बताए ।
गरुडाका नगरप्रमुख ईन्नु राय यादवको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव, प्रदेशसभा सदस्य अब्दुल कलाम अजाद (फुलबाबु), विभिन्न स्थानीय तहका प्रमुखहरु, जनता समाजवादी पार्टीका नेताहरू लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया