काठमाण्डौ । नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपालका नेताहरुबीच बुधबार भेटवार्ता भएको छ ।
जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भेटवार्ताका लागि नेकपा माओवादी केन्द्रको कार्यालय पेरिसडाँडा पुगेका छन् ।
भेटमा सरकार गठनका विषयमा छलफल हुने स्रोतले जनाएको छ । यसअघि आजै नेकपा एमालेका नेताहरुले पनि जसपाका नेताहरुसँग भेटवार्ता गरेका थिए ।
प्रतिक्रिया