ताजा समाचार


माधव नारायणमा कायस्थ कहिले सम्म ?

द रियल समाचार     २०७७ फाल्गुन २६, बुधबार, १५: ११ मा प्रकाशित




प्रेमचन्द्र झा, गौर । रौतहटस्थित माधव नारायण नगरपालिकामा २०७३ सालदेखि कार्यालय प्रमुख फेरबदल नहुँदा एकै जनाको हालीमुहाली भएपछि अनेकन समस्याहरु मौलाउँदै गएको छ ।

संघीय सरकारले न्यूनतम एक वर्षमा कार्यालय प्रमुख फेर्ने गरेपनि सो निति माधव नारायण नगरपालिकामा भने पालना नभएको देखिएको छ । कार्यालय प्रमुख प्रलव कायस्थ २०७३ चैत ९ गतेदेखि हालसम्म त्यसै पालिकामा कार्यरत रहेका छन ।

नगरपालिका भएपछि उनले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका हुन् । स्थानिय तहको निर्वाचन पछि आएका निर्वाचित जनप्रतिनिधिलाई विश्वासमा लिन सफल भए र उनी निमित्त प्रमुख भईरहँदा पटक पटक गरि विभिन्न मितिमा ५ पटक सरुवा पनि भएका थिए । तर उनी हालसम्म माधव नारायणमै कार्यरत छन ।

उनले माधव नारायण नगरपालिका छोडर अन्यत्र सरुवा भएको स्थानमा जान नरुचाएको स्थानीयहरू बताउँछन । पटक पटकको सरुवा विफल पारेका प्रशासकिय अधिकृत कायस्थ टसमस नहुनुको कारण उनको पछाडि जनप्रतिनिधिको समर्थन भन्दा पनि आर्थिक लेनदेन प्रमुख रहेको सोही नगरपालिकाका स्थानीयको आरोप रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top