ताजा समाचार


शोक प्रस्ताव पारित गर्दै संसद बैठक चैत ३ गतेसम्मका लागि स्थगित

द रियल समाचार     २०७७ फाल्गुन २६, बुधबार, १४: ३४ मा प्रकाशित




काठमाण्डौ । बुधबार बसेको प्रतिनिधिसभाको बैठक यसअघि निधन भएका विभिन्न सांसदहरुको शोक प्रस्ताव पारित गर्दै सकिएको छ ।

दिउँसो साढे १ बजेदेखि बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले यसअघि विभिन्न समयमा निधन भएका सांसद, पूर्व सांसद र संविधानसभा सदस्यहरुको नाममा शोक प्रस्ताव पारित गराएर बैठक स्थगित गरेका हुन् ।

बैठकले प्रतिनिधिसभा सदस्य सानु शिवा र सूर्यबहादुर केसी, पूर्वसदस्यहरु दीपकबहादुर गुरुङ, डा. राममान श्रेष्ठ र संविधानसभा सदस्य मानपुर चौधरीको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

यसैगरी पूर्व सदस्यहरु वीरबहादुर लामा, ओमकार प्रसाद गौचन, इन्द्रहाङ लिम्बु, संविधानसभा सदस्य भीमप्रसाद गौतम, पूर्व सदस्य कमानसिंह लामा, गंगादत्त जोशी, एकनाथ रानाभाट, डा. शंकरप्रसाद उप्रेतीको निधनमा पनि संसद बैठकले शोक प्रस्ताव पारित गरेको हो ।

बैठकमा निधन भएका १४ जना पूर्व सांसदहरूको शोक प्रस्ताव पारित गरेपछि सभामुख सापकोटाले अर्को बैठक आगामी चैत ३ गतेसम्मका लागि स्थगित गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top