ताजा समाचार


कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

द रियल समाचार     २०७७ फाल्गुन २६, बुधबार, १३: १६ मा प्रकाशित




काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ ।

परीक्षा आगामी जेठ २६ गतेदेखि सुरु हुने बोर्डले प्रकाशित गरेको सूचनामा उल्लेख छ।

तालिकाअनुसार पहिलो दिन जेठ २६ गते अनिवार्य अँग्रेजी विषयको परीक्षा हुने छ । त्यस्तै जेठ २७ गते ऐच्छिक नेपाली, भूगोल, कम्प्युटर साइन्सलगायतका विषयको परीक्षा हुने छ ।

फिजिक्स, पोलिटिकल साइन्स, होम साइन्स, होटल म्यानेजमेन्टलगायतका विषयको परीक्षा जेठ २८ गते हुने राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको परीक्षा तालिकामा उल्लेख छ ।

मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा आगामी जेठ २६ देखि असार ४ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top