ताजा समाचार


राप्रपाद्वारा प्रदेशहरुमा अध्यक्ष र उपाध्यक्ष मनोनयन

द रियल समाचार     २०७७ फाल्गुन २६, बुधबार, १२: ५२ मा प्रकाशित




काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सात मध्ये पाँचवटा प्रदेशमा अध्यक्ष र उपाध्यक्ष मनोनयन गरेको छ ।

पार्टीको विधानअनुसार पाँचवटा प्रदेशमा अध्यक्ष र उपाध्यक्ष मनोनयन गरिएको राप्रपाले जनाएको छ ।

पार्टीका अध्यक्षत्रय कमल थापा, पशुपति शम्शेर जबरा र प्रकाशचन्द्र लोहनीले पार्टीको विधानअनुसार प्रदेश कार्यसमितिका अध्यक्ष र उपाध्यक्ष मनोनयन गरेका राप्रपाले जनाएको छ ।

जसअनुसार राप्रपाको प्रदेश कमिटीमा विभिन्न व्यक्तिले जिम्मेवारी पाएका छन् । प्रदेश २ को अध्यक्षमा सर्लाहीका रामचन्द्र रायलाई चयन गरिएको छ भने उपाध्यक्षमा सिरहाका महेशलाल महासेठलाई चयन गरिएको हो ।

त्यस्तै प्रदेश १ मा झापाका रामकुमार थापालाई अध्यक्ष र पाँचथरका सगुनसुन्दर लावतीलाई उपाध्यक्ष तोकिएको छ।

यस्तै गण्डकी प्रदेशमा हेमजंग गुरूङ (लमजुङ) लाई अध्यक्ष र गोरखाका महेश्वर रोका उपाध्यक्ष छन्।

त्यस्तै लुम्बिनी प्रदेशमा प्रदीपकुमार उपाध्यय रूपन्देही अध्यक्ष हुन् भने रूपन्देहीकै कैलाश गुरूङ उपाध्यक्ष छन्।

कालिकोटका दिपबहादुर शाही कर्णाली प्रदेशका अध्यक्ष र सुर्खेतका जनकसिंह ठकुरी उपाध्यक्ष छन्।

राप्रपाले बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशमा मनोनयन गर्न बाँकी राखेको छ।

राप्रपाले प्रदेशको अध्यक्ष र उपाध्यक्ष मनोनयन गर्दा कुनैपनि पदमा महिला परेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top