ताजा समाचार


नेकपा एमाले र माओवादी केन्द्रको पत्र संसद सचिवालयमा

द रियल समाचार     २०७७ फाल्गुन २६, बुधबार, १२: ०३ मा प्रकाशित




काठमाण्डौ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग–अलग पार्टी रहेको पत्र निर्वाचन आयोगबाट संसद सचिवालयमा पुगेको छ ।

तर, आज बस्न लागेको संंसद बैठकमा भने एमाले र माओवादी केन्द्रका सांसदहरु सत्तापक्षकै सिटमा बस्ने भएका छन् ।

संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएका कारण दुवै पार्टीका सांसद सत्तापक्षकै लहरमा बस्ने बताए ।

सर्वोच्च अदालतको फैसला अनुसार निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्र अलग–अलग भएको निर्णय गरेको थियो । यसअघि गत आइतबार सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रको पार्टी एकीकरण बदर गरिदिएको थियो ।

सर्वोच्चको सो फैसलासँगै यी दुई दल पूर्ववत अवस्थामा फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top