ताजा समाचार


धनुषामा राती ९ बजेदेखि बिहान ५ बजेसम्म डिजे बजाउन प्रतिबन्ध

द रियल समाचार     २०७७ फाल्गुन २५, मंगलवार, १९: ३१ मा प्रकाशित




जनकपुरधाम । धनुषामा अस्लिल तथा दोहोरो अर्थ दिने गीत बजाउन प्रतिबन्ध लगाइएको छ ।

धनुषाको हरेक स्थानमा कुनैपनि बहानामा आर्केष्ट्रा, नाचहरु समेत नगर्ने निर्णय गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।

मंगलबार जिल्ला प्रहरी कार्यालयमा जिल्लाका लाईट, साउण्ड तथा डिजे व्यवसायीहरुको उपस्थितिमा बसेको बैठकले राती ९ बजेदेखि बिहान ५ बजेसम्म डिजे तथा ठुलो स्वरमा बोलिने सबै प्रकारको बाजाहरु बजाउन बन्द गर्ने निर्णय गरिएको हो ।

आजको बैठकमा गरिएको निर्णयहरू नमाने अथवा यसको विपरित गएमा प्रहरीले त्यस्ता व्यक्तिलाई नियन्त्रणमा लिई कानुन बमोजिम कारवाही गर्ने निर्णय गरिएको प्रहरी उपरीक्षक रानभाटले बताए ।

आज गरिएको निर्णयहरु :
१. हामी सम्पुर्ण डिजे व्यवसायीहरुले यस अघि नै जिल्ला प्रशासन कार्यालय धनुषाबाट निर्णय भए बमोजिम कुनै पनि अवसरमा राति ९ वजे देखि बिहान ५ बजे सम्म डिजे लगायत ठुलो अवाजमा ध्वनी निस्कने बाजाहरु बजाउन पुर्ण रूपमा बन्द गर्ने ।

२. बिहान ५ बजे देखि राति ९ बजे सम्म डिजे, ठुलो अवाजमा ध्वनी निस्कने बाजाहरू बजाउँदा छरछिमेकीलाई अवरोध नहुने गरि सानो साउण्डमा बजाउने र छरछिमेकबाट गुनासो आएमा तत्काल बन्द गर्ने ।

३. कुनै पनि अवसरमा डिजे, ठुलो अवाजमा ध्वनी निस्कने बाजा बजाउँदा अश्लिल गीत, द्विअर्थ लाग्ने गीतहरु नबजाउने, साथै कहि–कतै कुनै पनि बहानामा आर्केष्ट्रा, नाचहरु समेत नगर्ने ।

४. प्रहरीमा छरछिमेकीबाट गुनासो प्राप्त भए पश्चात प्रहरीले बन्द गराउन जाँदा सवैले पुर्ण रुपमा सहयोग गर्ने ।

५. अन्य जिल्ला तथा बाहिरबाट आउने डिजे व्यवसायीहरुले समेत माथि उल्लेखित निर्णयहरूको पुर्ण रुपमा पालना गर्ने ।

६. माथि उल्लेखित निर्णयहरूको बरखिलाप गरेको पाईएमा तत्काल प्रहरीले नियन्त्रणमा लिई कानुन बमोजिम सजायको भागिदार हुनेछौं भनि सर्वसहमतिले निर्णय गरियो ।

तस्बिर : जिल्ला प्रहरी कार्यालय धनुषा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top