ताजा समाचार


सत्ता साझेदारीका लागि एमाले र जसपाले बनाए वार्ता टोली

द रियल समाचार     २०७७ फाल्गुन २५, मंगलवार, १९: १३ मा प्रकाशित




काठमाण्डौ । नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालले वार्ता टोली गठन गरेका छन् ।

सत्ता साझेदारीका लागि एमालेले सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल तथा जसपाले लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल रहेको वार्ता टोली गठन गरेको हो ।

दुबै पार्टीको वार्ता टोलीबीच सत्ता सहकार्यलगायतका विषयमा छलफल भएको छ । यसअघि फागुन २३ गते जसपाका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेका थिए । त्यसपछि दुबै पार्टीले वार्ता टोली बनाएको जसपा स्रोतले जनाएको छ ।

सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरणलाई मान्यता नदिएपछि अब संसदमा दुबै दल पूर्व दलको हैसियतमै क्रियाशील हुने भएका छन् ।

केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार कायम राख्न एमालेले अर्को दलको समेत साथ लिनुपर्ने आवश्यकता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top