ताजा समाचार


ललितपुर महानगरद्वारा क्यानलाई २० लाख सहयोग

द रियल समाचार     २०७७ फाल्गुन २५, मंगलवार, १६: ५० मा प्रकाशित




काठमाण्डौ । आगामी चैत महिनामा हुने ललितपुर मेयर कप महिला टि–२० क्रिकेट प्रतियोगिताका लागि ललितपुर महानगरपालिकाले क्यानलाई २० लाख उपलब्ध गराएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले एक कार्यक्रमबीच मङ्गलबार सम्झौता पत्रमा हस्ताक्षर गरे । त्यही अवसरमा महानगरले क्यानका अध्यक्ष चन्दलाई २० लाखको चेक हस्तान्तरण गरेको थियो ।

ललितपुर मेयरकपमा गत पुसमा दाङको लमहीमा सम्पन्न प्रधानमन्त्रीकप राष्ट्रिय महिला टि–२० प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेका चार टोली– प्रदेश–१, नेपाल एपिएफ क्लब, सुदूरपश्चिम र लुम्बिनी प्रदेशसहित ललितपुर महानगरको एक टोलीको सहभागिता रहनेछ ।

सिंगल राउन्ड रोविनका आधारमा हुने प्रतियोगिता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top