जनकपुरधाम । महोत्तरीको औद्योगिक, कृषि, पर्यटन, कला, संस्कृति तथा व्यापार प्रवद्र्धन गर्ने उद्देश्यका साथ आजदेखि ‘तेस्रो बर्दिबास महोत्सव’ सुरु भएको छ ।
‘हिमाल, पहाड तराई कोही छैन पराई, एक आपसी सद्भावको पहिचान बर्दिवासलाई नमूना सहर बनाउने हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ तेस्रो बर्दिवास महोत्सव सुरु भएको हो ।
महोत्सवलाई प्रदेश २ का मुख्यमन्त्री लालबावु राउतले उदघाटन गरेका छन् । बर्दिबासमा जारी महोत्सव चैत्र ८ गतेसम्म चल्ने बर्दिबास उद्योग वाणिज्य संघले जनाएको छ ।
संघका अध्यक्ष प्रहलाद कुमार क्षेत्रीको अध्यक्षतामा आयोजित महोत्सवको उदघाटन कार्यक्रममा प्रदेशसभा सदस्य शारदा देवी थापा, महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराई, नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका अध्यक्ष कमलेश मण्डललगायतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया