काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि हुने जनाएको छ ।
मंगलबार बसेको बोर्डको बैठकले कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले जानकारी दिए ।
जेठ २६ गतेदेखि सुरु हुने परीक्षा असार ४ गतेसम्म हुने उनले बताए । कोरोना महामारीका कारण सरकारले यो वर्षको शैक्षिक सत्र दुई महिना पछाडि धकेलेर जेठ मसान्तसम्म र नयाँ शैक्षिक सत्र असारदेखि सुरु गर्ने निर्णय गरेको छ ।
यसअघि वैशाखदेखि चैतसम्म शैक्षिक सत्र सञ्चालन हुने गरेको थियो ।
प्रतिक्रिया