ताजा समाचार


बलिउड अभिनेता रणवीर कपुर कोरोना संक्रमित

द रियल समाचार     २०७७ फाल्गुन २५, मंगलवार, १४: ५७ मा प्रकाशित




एजेन्सी । बलिउडका चर्चित अभिनेता रणवीर कपुरलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

ठूलो बजेटका चलचित्र हातमा भएका बेला रणवीर कोरोना संक्रमित भएक हुन् । उनी अहिले क्वारेन्टाइनमा रहेको भारतीय मिडियाले जनाएका छन् ।

रणवीरका काका रणधीर कपुर पनि केही समयअघि बिरामी भएका थिए । रणवीरकी आमा नितु कपुर कोरोना संक्रमित भएको केहीसाता मात्रै भएको छ ।

भारतको महाराष्ट्र सरकारले कोरोनाका बिरामी बढ्न थालेको भन्दै चिन्ता व्यक्त गरेको छ । भारतमा मात्रै नभएर पछिल्लो समय विश्वभरि कोरोना संक्रमितको संख्या बढेको भन्दै विश्व स्वास्थ्य संगठनले सचेत रहन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top