ताजा समाचार


विप्लवको सुरक्षामा प्रहरी निरीक्षकको कमाण्डमा १० जनाको टोली खटाइयो

द रियल समाचार     २०७७ फाल्गुन २५, मंगलवार, १४: ५२ मा प्रकाशित




काठमाण्डौ । फागुन २१ गते खुला राजनीतिमा आएका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई सरकारले कडा सुरक्षा दिएको छ ।

भर्खरै खुला राजनीतिमा आएका उनको सुरक्षा थ्रेट ख्याल गरेर प्रहरी निरीक्षकको कमाण्डमा १० जना टोली खटाइएको हो । सरकारले प्रतिबन्ध गाएको दुई वर्षपछि गत शुक्रबार खुला राजनीतिमा आएका विप्लवलाई सरकारले विशेष प्राथमिकता दिएको हो । शान्ति वार्तामार्फत मूलधारको राजनीतिमा आएका उनी अहिले देश दौडाहामा छन् ।

विप्लवको सुरक्षाका लागि प्रहरी निरीक्षकको कमाण्डमा १० जना प्रहरी खटाइएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले बताएका छन् । खुला राजनीतिमा आएपछि विप्लव काठमाडौंको सामाखुशीस्थित एक घरमा बसिरहेका छन् ।

एसएसपी सिंहले काठमाडौंको हकमा परिसरबाटै र उपत्यका बाहिर गएमा सम्बन्धि जिल्लासँगको समन्वयमा प्रहरी प्रधान कार्यालयले सुरक्षा बन्दोबस्त गर्ने छन् । विप्लवको सुरक्षामा उनकै पार्टीका केही युवाहरु पनि परिचालित भएका छन् ।

पूर्व माओवादी लडाकुसहितका युवाहरु विप्लवको सुरक्षामा खटिएका छन् । सार्वजनिक कार्यक्रमको मञ्चदेखि अन्य स्थानमा प्रहरीसँगै युवाहरु पनि विप्लवको सुरक्षामा तैनाथ भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top