सप्तरी । सप्तरीमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा एक दर्जन भन्दा बढि व्यक्ति घाइते भएका छन् भने दुईको अवस्था गम्भीर रहेको छ ।
जिल्लाको बिष्णुपुर गाउँपालिका-१ बाट जन्ती बोकेर गएको गाडी बोदेबर्साइन नगरपालिका- ८ काचनतर्फ फर्किने क्रममा सोही ठाउँस्थित वडा नम्बर-३ मा तिव्रगतिका कारण अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ।
ना १ ज ८९३८ नम्बरको विङ्गर गाडी तिव्रगतिका कारण एउटा डेरीको पर्खालमा ठोक्किएको थियो ।
दुर्घटनामा परी बोदेबर्साइन नगरपालिका-८ काचनका ४५ वर्षीय बच्चालाल दास र २९ वर्षीय देवनारायण दास गम्भीर घाइते भएका छन् । घाइते दुबैजनाको रुपनी गाउँपालिकास्थित युनिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी अन्य घाइते हुनेहरुमा २३ वर्षीय रबिनकुमार दास, ५० वर्षीय राम दास, ३५ वर्षीय शिवकुमार दास, २२ वर्षीय शंकर साह, २५ वर्षीय विजयकुमार यादव, गाडी चालक २५ वर्षीय मुकेशकुमार चौधरी, ३० वर्षीय जयप्रकाश साह, २३ वर्षीय चन्देश्वर साह, १७ वर्षीय तेजकुमार दास, १८ वर्षीय दीपककुमार यादव, सोही उमेरका कृष्णकुमार दास र १९ वर्षीय उमेशकुमार यादव रहेका छन् ।
घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया