ताजा समाचार


सर्लाहीबाट १३ जना जुवाडे पक्राउ

द रियल समाचार     २०७७ फाल्गुन २५, मंगलवार, ११: ४५ मा प्रकाशित




सर्लाही । सर्लाहीबाट १३ जना जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको लालबन्दी नगरपालिकाबाट उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा लालबन्दी नगरपालिका वडा नं. ४ का ४० वर्षीय मिन ब. लामा, वडा नं. ७ का ३६ वर्षीय धर्मेन्द्र कुमार मण्डल, ४५ वर्षीय राम प्रताप महतो, ४३ वर्षीय बिनानाथ यादव, ५० वर्षीय राम दरेश चौधरी, वडा नं. ८ का ४१ वर्षीय राम कु. हेन्जन, ३२ वर्षीय कलाम सेख, ५० वर्षीय बाबुराम योञ्जन, बिनोद साह रहेका छन् । त्यस्तै वडा नं. ७ का २६ वर्षीय फुलमान महतो, ४७ वर्षीय रामचन्द्र महतो, ३५ वर्षीय अंग ब. पुलामी र बागमति नगरपालिका वडा नं. १० का ३५ वर्षीय कृष्ण प्रसाद चौलागाई रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

पक्राउ परेका सबैजनालाई जिल्ला प्रशासन कार्यालय सर्लाही बाट ३ दिनको म्याद लिई हिरासतमा राखि थप अनुसन्धान गरिरहेको सर्लाही प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको टोलीले सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. ७ स्थित राम कु.हेन्जनको होटेलमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको कुँवरले जानकारी दिए ।

पक्राउ परेकाहरुलाई जुवातास नियन्त्रण ऐन अन्तर्गत कारबाही गरिने डिएसपी कुँवरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top