काठमाण्डौ । जनता समाजवादी पार्टी नेपालको संसदीय दलको बैठक आज बस्दै छ ।
पछिल्लो राजनीतिक अवस्था र संसदमा निर्वाह गर्ने भूमिकाका विषयमा छलफल गर्न जसपाले दिउँसो १ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो ।
राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टी मिलेर जनता समाजवादी पार्टी बनेपछि अहिलेसम्म संयुक्त बैठक बस्न सकेको छैन । पार्टी एकतापछि पहिलोपटक संसदीय दलको बैठक बस्ने तय भएको जसपाका नेता लक्ष्मण लाल कर्णले जानकारी दिए ।
जसपाको संसदीय दलको बैठकमा यो विषय र संसदमा निर्वाह गर्ने भूमिकाको विषयमा समेत छलफल हुने उनले बताए ।
सर्वोच्च अदालतले नेकपा एकीकरणलाई मान्यता नदिई साविकको नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई नै ब्युँताइदिएको अवस्थामा संसदमा सरकार निर्माणका लागि नयाँ समीकरण बन्ने अवस्था रहेको देखिएको छ ।
प्रतिक्रिया