जनकपुरधाम । महोत्तरीमा रथले किचेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको औरही नगरपालिका वडा नम्बर–५ श्रीपुरमा रथले किचेर १८ महिने एक बालिकाको ज्यान गएको हो ।
मृत्यु हुनेमा गौशाला नगरपालिका वडा नम्बर–७ फुल्काहा बस्ने कमलेश यादवको १८ महिने छोरी प्रियंका यादव रहेको प्रहरीले जनाएको छ ।
आमासँगै मामा धौला रायको औरहीस्थित घर आएकी प्रियंकाको सोमबार साँझ करिव ७ बजेर २० मिनेटको समयमा खेल्ने क्रममा रथले किचेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरिक्षक प्रकाश रेग्मीले जानकारी दिए ।
रोकिराखेको रथ अचानक गुडेर खेलिरहेकी बालिकाको शरीरमाथि चढ्दा घटनास्थलमै उनको मृत्य भएको प्रहरी निरीक्षक रेग्मीले बताए । ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालयको टोली घटनास्थल पुगेर अनुसन्धन गरिरहेको बताइएको छ ।
प्रतिक्रिया