ताजा समाचार


हंसपुर नगरपालिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस, महिला पत्रकारहरु सम्मानित

द रियल समाचार     २०७७ फाल्गुन २४, सोमबार, १९: ५३ मा प्रकाशित




–ज्योति झा
जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकाले १११ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ ।

सोमबार हंसपुर नगरपालिका वडा नम्बर–५ स्थित साइट नेपालमा अन्तराष्ट्रिय नारी दिवस मनाइएको हो । दिवसको अवसरमा बोल्दै नगरपालिकाका मेयर रामज्ञान मण्डलले नारी र पुरुष रथको पाङग्रा जस्तै एकअर्काको परिपूरक रहेको र नारी बिनाको संसार कल्पना समेत गर्न नसकिने भएकोले सबै पुरुषले नारीको सम्मान गर्नुपर्ने आवश्यकता रहेको बताए ।

त्यस्तै उपमेयर रेणु झाले छोरीलाई उच्च शिक्षा हासिल गर्नतर्फ प्रेरित गर्न सबैसँग आग्रह गरिन् । उनले छोरीलाई घरको काममा मात्र व्यस्त नगराई छोरा जस्तै सानै उमेरदेखि विद्यालय पठाउन अभिभावकसँग अनुरोध गरिन् ।

कार्यक्रममा बोल्दै जसपाकी केन्द्रिय सदस्य विन्दु ठाकुरले महिला शिक्षामाथि जोड दिएकी थिइन् । उनले अबको युगमा अभिभावकले छोरा र छोरीसँग कुनै विभेद नगरि दुबैलाई समान अधिकार र शिक्षा दिनुपर्ने आवश्यकता रहेको बताईन् ।

त्यस्तै, जसपाकी अर्का केन्द्रिय सदस्य विभा ठाकुरले महिलाहरु २४ घण्टा श्रमिकको रुपमा काम गर्दै आएपनि सम्मान पाउन नसकेकोप्रति दुःख व्यक्त गरिन । उनले अब महिलाहरु पनि धेरै शिक्षित र योग्य भईसकेकोले उनीहरुले पनि समान अधिकार र अवसर पाउनुपर्नेमा जोड दिइन् ।

नारी दिवसको अवसरमा हंसपुर नगरपालिकाले महिला पत्रकारहरु रिंकू मिश्र गायत्री, ज्योति झा, माला राय, निभा झा, सिवानी कर्ण र दिपिका रायलाई सम्मान समेत गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top