काठमाण्डौ । नेकपा एमाले र माओवादी केन्द्र अब अलग अलग भएर जाने निर्णय गरेका छन् ।
पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले एमाले र माओवादी अलग अलग भएर जाने निष्कर्षमा पुगेको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।
उनले पार्टीभित्र संघर्ष गरिने र सर्वोच्चको निर्णयमा पुनरावलोकनको माग गरिने बताए । बैठकको बीचमै निस्किएका खनालले सर्वोच्चको निर्णय भने मानेर जाने बताए ।
वरिष्ठ नेता खनालले अब नेकपा एमाले र माओवादी केन्द्र अलग अलग हिँड्ने बताए । थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै खनालले यस्तो भनेका छन् ।
बैठकमा के भयो? के के कुरा राख्नु भयो? निर्णय केही भयो कि भएन? सञ्चारकर्मीहरुको जिज्ञासामा भने, ’अब एमाले अलग, माओवादी अलग ।’
औपचारिक निर्णय आउन भने बाँकी नै रहेको छ ।
प्रतिक्रिया