जनकपुरधाम । महोत्तरीको पिपरा गाउँपालिका–५ स्थित सहोडवाबाट बेपत्ता भएका झा दम्पत्ती घटनाको १४ दिन बितेपनि उनीहरु अझै भेटेका छैनन् ।
प्रहरीले मुसाफिर झा र उनकी श्रीमती गीतादेवी झाको खोजबिन तीव्र बनाएपनि अझैसम्म कुनै सुइँको पाउन सकेको छैन । झा दम्पती फागुन ११ गते सोमबार राति घरमै सुतिरहेको अवस्थामा ओछ्यान सहित बेपत्ता भएका थिए ।
उक्त घटनामा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिई सोधपुछ जारी राखेको बताइएपनि कुनै ठोस सबुत फेला पर्न सकेको छैन् । बेपत्ता दम्पतीका छिमेकीसमेत रहेका जग्गा व्यवसायी रामबाबु यादव, भारतीय नागरिक हरेन्द्र ठाकुरसहित ४ जनालाई पक्राउ गरिएको हो ।
यस सम्बन्धमा प्रदेश २ का प्रहरी नायब महानिरीक्षक (डिआइजी) धीरजप्रताप सिंहले खोजबिनका क्रममा फागुन १४ गते एक पोखरीमा दम्पतीले प्रयोग गर्ने दुइटा झुल बरामद भएपछि मारेर पोखरीमै फालिएको हुनसक्ने आशंका गरेका छन् ।
उनले हालसम्म सर्च अभियान अन्तर्गत महोत्तरी र धनुषाका ५० भन्दा बढी पोखरीमा जाल फालेर छान्ने, ‘बोटिङ्ग’ मार्फत् खोजबिन गर्ने कार्य गरिएको जानकारी दिए ।
प्रतिक्रिया