काठमाण्डौ । जनता समाजवादी पार्टीको मंगलबार संसदीय दलको बैठक बस्न लागेको छ । पछिल्लो राजनीतिक अवस्था र प्रतिनिधिसभामा निर्वाह गर्ने भूमिकाका विषयमा छलफल गर्न जसपाले संसदीय दलको बैठक बोलाएको हो ।
राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टी मिलेर जनता समाजवादी पार्टी बनेपछि अहिलेसम्म संयुक्त बैठक बस्न सकेको छैन । पार्टी एकतापछि पहिलोपटक संसदीय दलको बैठक बस्ने तय भएको जसपाका एक नेताले जानकारी दिए । जसपाको संसदीय दलको बैठकमा यो विषय र संसदमा निर्वाह गर्ने भूमिकाको विषयमा समेत छलफल हुने बताइएको छ ।
सर्वोच्च अदालतले नेकपा एकीकरणलाई मान्यता नदिई साविकको नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई नै ब्युँताइदिएको अवस्थामा संसदमा सरकार निर्माणका लागि नयाँ समीकरण बन्ने अवस्था छ ।
प्रतिक्रिया