ताजा समाचार


मैथिली सीनेमाका चर्चित कलाकार बद्रि राउतको हृदयघातका कारण निधन

द रियल समाचार     २०७७ फाल्गुन २४, सोमबार, १४: ०२ मा प्रकाशित




जनकपुरधाम । मैथिली सीनेमाका चर्चित कलाकार बद्रि राउतको हृदयघातका कारण निधन भएको छ ।

विभिन्न मैथिली सीनेमा तथा बिएन पटेलद्वारा निर्देशित चर्चित टेली शृंखला ‘हुक्कालोली’ का मुख्य पात्र समेत रहेका उनी ‘बद्रि काका’ नामले परिचित थिए ।

राउतको ६३ वर्षको उमेरमा आईतबार बिहान निधन भएको परिवारजनले जनाएका छन् । शनिबार अचानक बल्डप्रेसरको समस्या भई जनकपुरधामस्थित काव्या हस्पिटलको आइसीयु कक्षमा भर्ना गरिएका राउतको आईतबार बिहान हृदयघात भई निधन भएको थियो ।

वयोवृद्ध अभिनेता राउत लगभग चारवटा मैथिली सिनेमामा पनि आफ्नो सफल अभिनय प्रस्तुत गरिसकेका छन् । त्यस्तै जनकपुरधामबाट प्रसारण भईरहेको टिभी टुडेको चर्चित टिभी सिरीयल हुक्कालोलीमा समेत उनी विगत चार वर्षदेखि निरन्तर अभिनय गरिरहेका थिए ।

राउतको श्रीमति, चार छोरी र एक छोरा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top