ताजा समाचार


नारी दिवसको अवसरमा मुख्यमन्त्रीद्वारा शुभकामना व्यक्त

द रियल समाचार     २०७७ फाल्गुन २४, सोमबार, १३: ३७ मा प्रकाशित




जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राउतले महिलाहरुको उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

राउतले भनेका छन्,‘बदलिंदो परिस्थितिमा महिलाहरुले पाउँदै गएको सफलतालाई संस्थागत गर्दै आगामी दिनमा समेत महिलाहरुको सशक्तिकरण, रोजगारी र शिक्षामा विशेष प्राथमिकतालगायतको क्षेत्रमा प्रदेश सरकारले सुरु गरेको अभियानमा सरकार प्रतिबद्ध छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top