काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको स्थायी समिति बैठक आज फेरि बस्न लागेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको बैठक दिउँसो ३ बजे बस्ने बताइएको छ ।
सर्वोच्च अदालतको आईतबारको फैसलापछि अबको पार्टी रणनीति र वर्तमान राजनीतिक परिवेशको विषयमा छलफल गर्नका लागि बैठक डाकिएको हो ।
अदालतले नेकपा नाम ऋषि कट्टेललाई दिएर साविकको एमाले र माओवादीलाई ब्युँताइदिएपछि अहिले राजनीतिक अन्यौलता देखिएको छ ।
सोही विषयमा प्रष्ट भएर राजनीतिक र कानुनी कदमहरुको विषयमा छलफल गर्ने र पार्टीको अबको रणनीति तथा भविष्यको विषयमा छलफल गर्नका लागि बैठक बस्न लागेको सो समूहका एकजना स्थायी समिति सदस्यले बताए ।
प्रतिक्रिया