जनकपुरधाम । धनुषामा टिपरको ठक्करबाट अटो रिक्साको एक महिला चालक गम्भीर घाइते भएकी छन् ।
आज बिहान करिव साढे ११ बजेको समयमा जनकपुर–ढल्केवर सडकखण्ड अन्तर्ग लक्ष्मीनियास्थित बाबाको ढावा होटेल अगाडि टिपरले ठक्कर दिंदा ज १ ह १८१५ नम्बरको अटो रिक्साका चालक एक महिला गम्भीर घाइते भएकी हुन् । उनको नाम खुल्न सकेको छैन् ।
ढल्केबरबाट जनकपुरधामतर्फ आउँदै गरेको सो अटो रिक्सालाई विपरीत दिशाबाट तिव्र गतिमा आउँदै गरेको ना ६ ख ७३४१ नम्बरको टिपरले ठक्कर दिएको थियो ।
घाइते महिलाको प्रदेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ भने टिपर चालक फरार भएका छन् । फरार चालकको खोजि भइरहेको धनुषा प्रहरीले जनाएको छ ।
प्रतिक्रिया