दाङ । दाङमा सवारी दुर्घटनामा परि दुईजनाको मृत्यु भएको छ ।
जिल्लाको देउखुरीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको हो ।
ना४ख ९०१६ नम्बरको बस र भे११प ३५९७ नम्बरको बुलेट मोटरसाइकल आईतबार राति करिव १० बजे लमही नगरपालिकाको उचानिम्बु भन्ने स्थानमा ठोक्किएको थियो ।
दुर्घटनामा परि लमही नगरपालिका-८ निम्बुखुटीका ३० वर्षीय प्रकाश थापा र सोही ठाउँका २३ वर्षीय तिलक थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ ।
प्रकाशको लमही अस्पतालमा राति १० बजे र तिलकको राति साढे १ बजे नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया