काठमाण्डौ । सर्वोच्च अदालतले नेकपाको आधिकारिक नामका सन्दर्भमा आइतबार गरेको फैसला निर्वाचन आयोगमा दर्ता भएको छ ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले उक्त फैसला कार्यालय समयमा नै प्राप्त भएको बताएका छन् । उनका अनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दर्ता गर्ने आयोगको ०७५ जेठ २३ र ०७५ कात्तिक ९ मा भएको निर्णय उत्प्रेषणको आदेशबाट बदर गरिएको सम्बन्धी फैसला आइतबार प्राप्त भएको हो ।
आयोगको विज्ञप्तिमा भनिएको छ, ‘सर्वोच्च अदालतको आदेश एवं फैसलाको जानकारी पठाएको सम्बन्धी पत्रसाथ संलग्न नेपाल कम्युनिस्ट पार्टी संक्षिप्तमा नेकपा नाम गरेको पार्टीसँग मिल्ने गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दर्ता गर्ने यसअघिको निर्णय बदर भएको जानकारी कार्यालय समयमा नै प्राप्त भएको छ ।’
–फरकधार
प्रतिक्रिया