ताजा समाचार


प्रतिनिधिसभा बैठक फागुन २६ गतेसम्मका लागि स्थगित

द रियल समाचार     २०७७ फाल्गुन २३, आईतवार, १९: २१ मा प्रकाशित




काठमाण्डौ । प्रतिनिधिसभाको बैठक फागुन २६ गतेसम्मका लागि स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले रोस्टम घेराउ गर्दै बैठक अवरुद्ध गरेपछि १० मिनटका लागि स्थगित गरिएको बैठक फागुन २६ गतेसम्मका लागि पूर्ण रुपमा स्थगित गरिएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक फागुन २६ गते बुधबार दिउँसो १ बजेका लागि बोलाउँदै आजको बैठक स्थगित भएको घोषणा गरेका हुन् ।

यसअघि संवैधानिक परिषद सम्बन्धी अध्यादेशको विरोध गर्दै नेपाली काँग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको थियो । नेपाली काँग्रेसले सरकारले ल्याएको अध्यादेशलाई असंवैधानिक भएको ठहर गर्दै अघि बढ्न नसक्ने बताउँदै बैठक अवरुद्ध गरेको थियो । सभामुख अग्निप्रसाद सापकोटाले जबरजस्ती अघि बढाउन खोजेपछि काँग्रेसले बैठक अवरुद्ध गरेको थियो ।

काँग्रेसको विरोध पछि सभामुख सापकोटाले १० मिनेटका लागि संसद बैठक स्थगित गरेका थिए । त्यसअघि नेकपा दाहाल–नेपाल समूहले समेत बैठक बहिस्कार गरेको थियो । सभामुखसापकोटाले अध्यादेश लगायतका विषय बैठकको कार्यसूचीमा तय गरेपछि दाहाल–नेपाल समूहले बैठक बहिस्कार गरेको थियो ।

सांसद भीम रावलले कार्यसूचीबाट अध्यादेशलगायतका विषय हटाइनुपर्ने माग गरेपनि सभामुख सापकोटाले यसअघि नै कार्यसूची तय भइसकेको भन्दै सो विषय हटाउन नसकिने जवाफ दिएपछि दाहाल–नेपाल समूहका सांसदहरु बाहिरिएका थिए ।

सभामुख सापकोटाले साँझ करिब ७ बजे विशेष कारणले आजको बैठक बस्न नसक्ने भन्दै स्थगित गरेर २६ गते दिउँसो १ बजेका लागि बोलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top