ताजा समाचार


संवैधानिक परिषद सम्बन्धी अध्यादेशको विरोध गर्दै काँग्रेसद्वारा संसद बैठक अवरुद्ध, बैठक १० मिनेटका लागि स्थगित

द रियल समाचार     २०७७ फाल्गुन २३, आईतवार, १८: ०३ मा प्रकाशित




काठमाण्डौ । संवैधानिक परिषद सम्बन्धी अध्यादेशको विरोध गर्दै नेपाली काँग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ ।

नेपाली काँग्रेसले सरकारले ल्याएको अध्यादेशलाई असंवैधानिक भएको ठहर गर्दै अघि बढ्न नसक्ने बताएको छ । सभामुख अग्नीप्रसाद सापकोटाले जबरजस्ती अघि बढाउन खोजेपछि काँग्रेसले बैठक अवरुद्ध गरेको हो ।

काँग्रेसको विरोध पछि सभामुख सापकोटाले १० मिनेटका लागि संसद बैठक स्थगित गरेका छन् ।

त्यसअघि नेकपा दाहाल–नेपाल समूहले बैठक बहिस्कार गरेको थियो । सभामुखसापकोटाले अध्यादेश लगायतका विषय बैठकको कार्यसूचीमा तय गरेपछि दाहाल–नेपाल समूहले बैठक बहिस्कार गरेको थियो ।

सांसद भीम रावलले कार्यसूचीबाट अध्यादेशलगायतका विषय हटाइनुपर्ने माग गरेपनि सभामुख सापकोटाले यसअघि नै कार्यसूची तय भइसकेको भन्दै सो विषय हटाउन नसकिने जवाफ दिएपछि दाहाल–नेपाल समूहका सांसदहरु बाहिरिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top