काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चको फैसला आफूहरुले मान्ने बताएका छन् ।
आइतबार बोलाइएको संसद बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री ओलीले यस्तो प्रतिक्रिया दिएका हुन् । प्रधानमन्त्रीले भने, ‘सर्वोच्च अदालतको फैसलालाई मान्छौँ, पूर्ण पाठ पढेपछि थप प्रतिक्रिया दिउँला ।’
त्यस्तै, नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नामसम्बन्धी विवादबारे सर्वोच्च अदालतले सुनाएको फैसला अपेक्षा भन्दा फरक रहेको बताए । दाहालले आफूहरूले सोचेभन्दा फरक आदेश आएको बताएका हुन् ।
उनले भने, ‘हामीले सोचेभन्दा फरक आदेश आएको लागेको छ । फैसला राम्ररी अध्ययन गरेर थप टिप्पणी गर्नेछु ।’
प्रतिक्रिया