ताजा समाचार


आईपीएलको खेल तालिका सार्वजनिक, पहिलो खेल विश्वकै ठूलो स्टेडियममा हुने

द रियल समाचार     २०७७ फाल्गुन २३, आईतवार, १६: ४६ मा प्रकाशित




एजेन्सी । विश्वकै चर्चित टि–२० फ्रेन्चाइज क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आइपिएल) को १४ औं संस्करणको खेल तालिका सार्वजनिक भएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले आइतबार सन् २०२१ को आइपिएल खेल तालिका सार्वजनिक गरेको हो । यसपटकको आइपिएल अप्रिल ९ देखि मे ३० सम्म भारतका ६ सहरमा आयोजना गरिनेछ ।

कोरोना भइरसका कारण यसपटकको आइपिएल बैंग्लोर, मुम्बई, चेन्नई, दिल्ली, कोलकत्ता र अहमेदाबादमा मात्र हुने भएको हो । तालिका अनुसार अप्रिल ९ मा हुने उद्घाटन खेलमा साविकको बिजेता मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंग्लोरको सामना गर्नेछ ।

अहमदाबादस्थित विश्वकै सबैभन्दा ठूलो क्रिकेट मैदान नरेन्द्र मोदी क्रिकेट मैदानमा आइपिएलका प्ले अफ र फाइनल खेल हुनेछन् । प्ले अफका खेलहरू मे २५, २६ र २८ मा हुनेछ भने फाइनल खेल मे ३० मा हुनेछ ।

कोरोना महामारीका कारण अघिल्लो संस्करण संयुक्त अरब इमिरेट्स (युएई) मा भएको थियो । यसपटक विशेष स्वास्थ्य सावधानी अपनाएर भारतमै आइपिएल आयोजना गर्ने निर्णय बिसिसिआईले गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top