ताजा समाचार


दाहाल-नेपाल समूहको सूचना दर्ता गर्न संसद सचिवालयद्वारा अस्वीकार

द रियल समाचार     २०७७ फाल्गुन २३, आईतवार, १४: ५६ मा प्रकाशित




काठमाण्डौ । संसद सचिवालयले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले दिएको संसदीय दलको नेता परिवर्तनको सूचना दर्ता गर्न अस्वीकार गरेको छ ।

नेकपाको दाहाल-नेपाल समूहले गत शुक्रबार १ सय १५ जना सांसदको उपस्थितिमा बैठक गरी संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको दावी गरेको थियो ।

उक्त बैठकको सूचना दिन नेकपाका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल संसद सचिवालयका महासचिव भरतराज गौतमको कार्यकक्षमा पुगेका छन् ।

महासचिव गौतमले दर्ता नगर्ने अडान राखेपछि सांसदहरु पम्फा भुसाललगायतले दर्ता नगर्नुको कारण लेखेर दिन माग गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top