सप्तरी । सप्तरीमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका एक पूजारीको उपचारको क्रममा ज्यान गएको छ ।
ज्यान जानेमा रौतहटको देवाही गोनाही नगरपालिका-९ घरहरी बस्ने ब्रम्हदेव साह भनिने ६५ वर्षीया रेखा दास रहेको प्रहरीले जनाएको छ । दास ईटवालस्थित राम मन्दिरका महन्थ रहेको बताइएको छ।
गत शुक्रबार पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका-५ तारखोला पुलमा बा ४० प २२१५ नम्बरको मोटरसाइकलले ठक्कर दिएपछि पूजारी दास गम्भीर घाइते भएका थिए ।
युनिक अस्पताल रुपनीमा दासको उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई विराटनगरस्थित विराटनर्सिङ अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारकै क्रममा आज विहान करिव ६ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद साहले जानकारी दिए ।
मोटरसाइकल चालक शम्भुनाथ नगरपालिका-६ बस्ने ३० वर्षीय मो.रमजानीलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया