ताजा समाचार


प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्धको खोप

द रियल समाचार     २०७७ फाल्गुन २३, आईतवार, ११: ३२ मा प्रकाशित




काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

प्रधानमन्त्री ओलीले खोप लगाएसँगै आजदेखि दोस्रो चरणको खोप अभियान औपचारिक रुपमा सुरु भएको छ ।

प्रधानमन्त्री ओलीले श्रीमती राधिका शाक्यसहित त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुगेर खोप लगाएका हुन् ।

प्रधानमन्त्रीसँगै अर्थमन्त्री विष्णु प्रसाद पौडेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्वास्थ्यमन्त्री हृदयेस त्रिपाठीलगायतले पनि खोप लगाएका छन् ।

खोप लगाइसकेपछि प्रधानमन्त्री ओलीले खोप लगाएर कोरोना पराजित गर्ने अभियान सफल बनाउन सबैसँग आग्रह गरेका छन् ।

दोस्रो चरणको यो अभियान अन्तर्गत देशभरका १५ हिमाली जिल्लामा ५५ वर्ष माथिकालाई र अन्य जिल्लामा ६५ वर्ष माथिकालाई खोप लगाइनेछ ।

दोस्रो चरणको यस अभियानमा करिब १६ लाख नेपालीले खोप लगाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तस्बिर साभार : अनलाईनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top