ताजा समाचार


नेकपा नामको विवादबारे सर्वोच्चले आज निर्णय सुनाउँदै

द रियल समाचार     २०७७ फाल्गुन २३, आईतवार, ११: १३ मा प्रकाशित




काठमाण्डौ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नामको बारेमा परेको रिटमाथि आज निर्णय सुनाउने भएको छ ।

सर्वोच्चले नेकपा नामको विवादबारे फागुन २० गते फैसला सुनाउने निर्णय गरेपनि पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनको शोकमा सो दिन अदालत बिदा भएपछि पेशी सरेको थियो ।

ऋषि कट्टेलले दुई वर्षअघि आफ्नो पार्टीसँग मिल्ने नाम केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको भन्दै रिट हालेका थिए । निर्वाचन आयोग विरुद्ध परेको सो मुद्धाको सुनुवाई फागुन १३ मा सकिएको थियो ।

न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासबाट सो मुद्दाको अन्तिम सुनुवाई गरिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top