काठमाण्डौ । गृहमन्त्री राम बहादुर थापा बादलले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
गृहमन्त्री थापा सशस्त्र प्रहरी अस्पताल पुगेर सो खोप लगाएका हुन् ।
आजदेखि देशभर कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान सुरु भएको छ । दोस्रो चरणको अभियानमा देशभरका ६ हजार खोप केन्द्रमार्फत खोप सेवा प्रदान गरिने छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आज खोप लगाउँदैछन् ।
प्रतिक्रिया